फागुन १३,२०८२ / ०७ : १२ पूर्वान्ह / 2026-02-25 07:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      ब्याजदर घटाउने प्रतिस्पर्धामा बैंकहरू

      - ५ वर्ष अगाडि
      भाद्र ३,२०७७

      काठमाडौं, नेपाल बैंक लिमिटेडले २ हप्ताअघि ५ वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक गर्‍यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधाका अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि ल्याएको छ ।

      लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याज दर ८.९९ प्रतिशत रहेको बैंकले जनाएको छ ।

      राष्ट्रिय वाणिज्य बैंकले पनि कर्जाको ब्याज दर सर्वाधिक कम तय गरेको छ । ७.२५ प्रतिशत ब्याज दरको घर कर्जा उपलब्ध गराइएको बैंकले यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घर कर्जालाई स्वाप गर्ने सुविधा समेत दिएको छ ।

      निजी क्षेत्रको एनएमबी बैंकले पनि ८.९९ प्रतिशतमा घर कर्जा दिने भएको छ । २ वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

      यी बैंकिङ क्षेत्रका पछिल्ला प्रतिनिधिमूलक घटना हुन् । कुनै बेला कठिन बनेको कर्जा उपभोक्ताका लागि अहिले सहज मात्रै भएको छैन सस्तो, सुलभ र प्रतिस्पर्धी पनि बनेको छ । यसले गर्दा कोरोना संक्रमणले खुम्चिएको कर्जा प्रवाह पनि बढ्न थालेको छ ।

      बन्दाबन्दी यता बैंकमा निक्षेप थुप्रिने र कर्जाको माग कम हुँदै गएपछि कर्जा विस्तारमा वाणिज्य बैंक आक्रामक बन्दैछन् । यसो गर्दा बैंकले कर्जाका लागि एकल विन्दु अर्थात् १० प्रतिशत नपुग्ने गरी समेटेका छन् ।

      बन्दाबन्दी खुकुलो भएसँगै घर जग्गा र सवारीसाधन किन्न सस्तोमा कर्जा दिँदै उपभोक्ता तान्ने होड पनि उस्तै छ । चैतमा बन्दाबन्दी भए यता बैंकिङ प्रणालीमा लगानी योग्य रकम ९तरलता० थुप्रिएका कारण बैंक कर्जा लगानी गर्न उदार देखिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा रहेको २ अर्ब रुपैयाँभन्दा बढी तरलतालाई सन्तुलनमा ल्याउन साउनमा मात्रै ३ पटक २०–२० अर्बको रिपोमार्फत तरलता खिचिएको छ ।

      नेपाल बैंक लिमिटेडका प्रवक्ता प्रकाश अधिकारीले व्यवसाय सञ्चालन तथा विस्तार गर्न २५ लाखदेखि ९९ लाख रुपैयाँसम्मको लघु उद्यम कर्जा र १ करोड रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मको चालू तथा स्थिर पुँजी व्यवस्थापन गर्न कर्जा उपलब्ध गराइने बताए ।

      राष्ट्रिय वाणिज्य बैंकका वित्त विभाग प्रमुख विमल डंगोलले आधार दर ६ प्रतिशतभन्दा कम भएकाले समग्रमा ब्याज दर पनि एकल विन्दुमा झारेको बैंकको आधार दर ६ प्रतिशतभन्दा पनि तल ५.९० प्रतिशत कायम भएको बताए । यसमा १.२५ प्रतिशतदेखि ३।२५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको उनको भनाइ छ ।

      एनएमबी बैंकले आधार ब्याज दर ८.९५ प्रतिशत राखेको छ तर ५ वर्ष अवधिको घर कर्जा ११ प्रतिशत, सोलार कर्जा ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतमा पनि दिँदै आएको छ ।

      एनआईसी एसिया बैंकले पनि बन्दाबन्दीपछि सस्तोमा घर तथा सवारी कर्जा योजना सार्वजनिक गरेको थियो । बैंकले जेठ महिनामा घटाएको आधार दरमा केही मात्रा मार्जिन राखेर असारको दोस्रो सातामा ८।२५ प्रतिशत ब्याज दरमा घर र सवारी कर्जाको सुपर चामत्कारिक योजना सार्वजनिक गरेको हो । यस्तो कर्जा बैंकले १ वर्षसम्म ब्याज नबढ्ने गरी आधार दरभन्दा ०।०३ प्रतिशत बढी र सेवा शुल्क ०।२५ प्रतिशत मात्र लिने गरी सार्वजनिक गरेको थियो । 

      बैंकले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्न न्यूनतम ५ वर्षदेखि १० वर्ष सम्मका लागि कर्जा योजना ल्याएको छ ।

      हिमालयन बैंक ८।४९ प्रतिशत ब्याज दरमा विभिन्न ६ प्रकारका र ९।८९ प्रतिशत ब्याज दरमा ५ प्रकारका सहज र सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८।४९ प्रतिशत ब्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारीसाधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यावसायिक कम्प्लेक्स निर्माण कर्जा छन् । १० वर्षसम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम ५ लाखदेखि ६ करोड रुपैयाँसम्म रहेको छ ।

      यता सनराइज बैंकले किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्ष सम्मको अवधिका लागि ८।९५ प्रतिशत ब्याज दरमा घर–जग्गा कर्जा लिन पाउने भएका छन् भने सेयर धितो कर्जामा ९।९५ प्रतिशत ब्याज दरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

      ग्लोबल आईएमई बैंकले सस्तो ब्याजमा ३ दिनभित्रै कर्जा दिने गरी योजना सार्वजनिक गरेको छ । बैंकले ९।९९ प्रतिशत ब्याज दरमा १५ वर्षसम्मका लागि १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा दिने योजना सार्वजनिक गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

        सम्बन्धित समाचारहरु