आर्थिक
पुनर्कर्जा कार्यविधि जारी, ५% व्याजमा १५ लाखसम्म ऋण सुविधा
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनका लागि पुनर्कर्जा उपलब्ध गराउनका लागि आवश्क कार्यविधि ल्याएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्ने उद्देश्यले केन्द्रीय बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा ल्याएको हो ।
सेयर बजार सोमबार फेरि ओरालो
सेयर बजार सोमबार फेरि ओरालो लागेको छ। सोमबार खुल्न साथ तीव्र गतिमा बढेको नेप्सेमा दुईपटक सर्किट ब्रेक लागेको थियो तर पछि बजार एकाएक घट्न लाग्यो। पाँच प्रतिशत बढेर १५५६ मा पुगेको नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
मौद्रिक नीतिको सकारात्मक प्रभाव , सेयर बजार ८४ अङ्कले उकालो
पछिल्लो समय सुधारको बाटो लिएको सेयर बजारमा साताको पहिलो दिन पनि ८४ अङ्कको उच्च सुधार आएको छ । आइतबार कारोबार सुरु भएको सात मिनेटमै नेप्से परिसूचक ८४.२६ अङ्कले उकालो लागेर १४७९.०३ बिन्दुमा पुगेर अडिएको छ ।
बजेट नल्याउने स्थानीय तह पेस्की खर्चमा सीमित
असार मसान्तभित्र सभामा नयाँ आर्थिक वर्षका लागि बजेट र आर्थिक ऐन पारित गर्न नसक्ने २७ स्थानीय तहले पेस्कीमार्फत नयाँ आर्थिक वर्षको दैनिक खर्च चलाउनुपर्ने भएको छ । यस्तो पेस्की जतिसक्दो चाँडो बजेटमा समावेश गरी पारित गर्नुुपर्ने हुन्छ ।
ऋण लिनेलाई केही सजिलो
सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात सीसीडी मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण र पुनर्कर्जासम्बन्धी व्यवस्थाहरू गरिएकाले ऋण परिचालन सहज हुने भएको हो ।
यस्ताे छ चालु आर्थिक वर्षको मौद्रिक नीति [पूर्ण पाठसहित ]
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गरेका छन्। कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई जोगाउने लक्ष्यसहित मौद्रिक नीति आएको छ। यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई सम्बोधन गर्ने गरी नीति ल्याइएको गभर्नरले बताएका छन्।
सूर्य नेपालद्धारा प्रदेश २ कोरोना कोषलाई १ करोड सहयोग
प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रण, रोकथामका लागि स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ।
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन
नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६–७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो ।
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको लाख नजिक
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ । अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४०० रुपैयाँ पुग्यो । २ दशकअघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो तर अहिले परिस्थिति फेरिएको छ ।
थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी
कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ ।








