वैशाख १७,२०८३ / ०२ : ०९ पूर्वान्ह / 2026-04-30 02:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सुनको मूल्य तोलामा ९९ हजार पुग्यो

      ५ वर्ष अगाडि

      नेपाली बजारमा सुनको मूल्य तोलामा  ९९ हजार  पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।

      १३२ केभी क्षमताको सवस्टेशन निर्माण

      ५ वर्ष अगाडि

      चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२र३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ ।

      सुनको मूल्य इतिहासकै उच्च, तोलाको ९८ हजार २०० पुग्यो

      ५ वर्ष अगाडि

      सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

      सेयर कर्जाको सीमा बढ्यो

      ५ वर्ष अगाडि

      सोराम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको सेयर हुनेले सोही सेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यका साथ जारी गरेको एकीकृत निर्देशिका अनुसार सो व्यवस्था गरेको हो ।

      फेरि बढ्यो सुनको भाउ, प्रतितोला ९७ हजार ५०० पुग्यो

      ५ वर्ष अगाडि

      आज (सोमबार) सुनको मूल्य प्रतितोला ९७ हजार ५०० तोकिएको छ। आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

      पशुपति क्षेत्रमा १ करोड धार्मिक पर्यटक भित्र्याउने लक्ष्य, आर्यघाटलाई आर्या तीर्थका रूपमा विकास गरिने

      ५ वर्ष अगाडि

      विश्वभर रहेका करिब १ अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक १ प्रतिशत अर्थात् १ करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ ।

      निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा

      ५ वर्ष अगाडि

       राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो।

      सुनको भाउ आज एकै दिन तोलामा १३ सय रुपैयाँ बढ्यो

      ५ वर्ष अगाडि

       हिन्दु नारीहरुको महान चाड तीज पर्व नजिकिँदै गर्दा सुनको मुल्य आकासिएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्डको अवस्थामा पुगेको छ । 

      आर्थिक वृद्धिदर २.१ प्रतिशत पुग्ने

      ५ वर्ष अगाडि

      कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नेपालले जारी गरेको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा व्यापक असर परेको विश्व बैङ्कले जनाएको छ । बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ जारी गर्दै विश्व बैङ्कले गत आर्थिक वर्ष ०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्र पुगेको जनाएको हो । 

      कृषिमा बेथिति : परामर्शमै १० अर्ब स्वाहा

      ५ वर्ष अगाडि

      कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्।  किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन्। 

          • param d d