मुख्य समाचार
प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
रास्वपा सभापति रविलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश
स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
निर्माण व्यवसायीद्वारा ३ गतेदेखि आन्दोलनको घोषणा
निर्माण व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका छन् । यही माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।
अभद्र व्यवहारको कसुरमा आशिका तामाङ पक्राउ
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
रविपक्षको बहस जारी, आजै फैसला आउन सक्ने
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।
९८.९९ प्रतिशत अकं दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका छन् ।
रविले हवाई टिकट नपाएपछि, स्थलमार्गबाट काठमाडौं आउँदै
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने २ बजेको फ्लाइट क्यान्सिल गरेर काठमाडौँ हिँडेका छन् ।
एकता दिवसमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडिओ सन्देश जारी गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग लिङ्देन र थापाको छट्टाछुट्टै भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै भेट गरेका छन् ।
रविलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।








