मुख्य समाचार
शिक्षक र सरकारको लडाई
आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।
सिन्दुरले रंगियो भक्तपुर
मध्यपुरथिमीमा आज हर्षोल्लासका साथ ३२ खटसहितको प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ ।
चैत मसान्तसम्म फेसबुक दर्ता नभए बन्द गर्ने सरकारको चेतावानी
चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चेतावनी दिएका छन् ।
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने राप्रपाको निष्कर्ष
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ ।
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता
सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
चीनको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटन
कोशी प्रदेश सरकारले गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्ष २०८२ को आज उद्घाटन गरेको छ ।
राप्रपा सहित आज काठमाडौंमा तीन स्थनमा प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानबाट ¥याली निकाली आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ ।








