फागुन २८,२०८२ / ०७ : ०४ पूर्वान्ह / 2026-03-12 07:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      चैत मसान्तसम्म फेसबुक दर्ता नभए बन्द गर्ने सरकारको चेतावानी

      - १२ घण्टा अगाडि
      चैत २८,२०८१

      काठमाडौं, चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चेतावनी दिएका छन् । 

      रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्‍चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिएका हुन् । उनले मेटालाई दर्ताको सूचना दिएको २ महिना बितिसक्दा पनि कुनै जवाफ नआएको भन्दै चैत मसान्तसम्म दर्ता नभए बन्‍द गर्ने घोषण गरेका हुन् । 

      सामाजिक सञ्जाल अरू देशमा दर्ता भएर चल्‍ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व बुझाउनु पर्ने सञ्चारमन्त्री गुरूङले बताए । उनले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडियाहरू बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको भन्‍दै चलाउन कुनै रोकटोक नहुने बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d