वैशाख १७,२०८३ / ०५ : १८ पूर्वान्ह / 2026-04-30 05:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      सासुसँग मिलेर ज्वाइँले छोराको नागरिकता लिए, नक्कली नागरिकतामा संम्लग्न वडा सदस्य, पूर्वअध्यक्ष र सचिवसहित ८ पक्राउ

      - ८ वर्ष अगाडि
      चैत १९,२०७४

      पोखरा । मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । धनजीत विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएका थिए ।

      तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको छ ।

      नक्कली नागरिकता लिने मिलनसँगै सांक्षी बसेका वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

      मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा नम्बर १० का सदस्य सम्मरबहादुर श्रेष्ठ, पूर्ववडाध्यक्ष मनवीर गुरुङ, तत्कालीन वडा सचिव नवराज थापासहित ८ जना पक्राउ परेका हुन् ।

      आफ्नै जेठी श्रीमती मनकुमारीको सहयोगमा ज्वाइँले नक्कली नागरिकता बनाएको भन्दै उजुरी दिएका थिए । २०७० साल पुस १७ गते मीलनले झुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दै उनले श्रीमती र मीलनविरुद्ध उजुरी दिएका थिए ।

      लगतै मीलन र मनकुमारीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले साक्षी बसेका वडा सदस्य सम्मबहादुर, पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

      ‘झुठो विवरण पेश गरी नागरिकता लिएको भन्दै उजुरी परेपछि अनुसन्धान थालिरहेको थियो’ कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले भने, ‘उनीहरुलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।’

      धनजीतका अनुसार मनकुमारी उनकी जेठी श्रीमती हुन् । आफू विदेशमा भएको बेला मनकुमारीले मिलनलाई घरज्वाइँ मात्र बनाएनन्, झुटा कागज बनाएर नागरिकता दिलाएका हुन् ।

      मिलनले अंश मागेपछि उनले यो थाहा पाएका थिए ।

        सम्बन्धित समाचारहरु