मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ ।
मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।
व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरिरहेका समितिले किन धमाधम खाताबाट पैसा निकाल्दै छन् ?
व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरिरहेका समितिले धमाधम खाताबाट पैसा निकाल्न थालेका छन्
यातायात व्यवसायीहरुले सिन्डिकेट माग्दै अान्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम
सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
जेठको पहिलो सातादेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने
मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
चिनियाँ राजदूत यु होङबाट विमान बुझ्दै पर्यटनमन्त्री, सय दिनभित्र छवटै विमान उडाउन निर्देशन
चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ ।
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माण गर्ने क्रममा सिन्धुलीमा भने लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
वैशाख २६ गतेदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात ठप्प गर्ने व्यवसायीको निर्णय
सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।
प्रादेशिक सूचना आयोग गठन गर्न सुझाव : सभामुख महरा
सभामुख कृष्णबहादुर महराले लोकतन्त्रका लागि सूचनाको हक जनतालाई शक्तिशाली बनाउने महत्वपूर्ण बनाउने औजार भएको बताउनुभएको छ ।








