मुख्य समाचार
पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिनुपर्छ : माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीको टिमलाई दिनुपर्ने बताएका छन् । किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ को सोमबार काठमाडौंमा विमोचन गर्दै नेपालले भूकम्प पीडितलाई अर्बौँ रकम आएपनि उपयोगी हुन नसकेका कारण पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिनुपर्ने बताए ।
फेसबुक लाइभ गर्दागर्दै पत्रकारलाई गोली लाग्यो, घटनास्थलमै मृत्यु
पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ ।
प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट
ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ ।
नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने तीन पक्राउ
महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ ।
पञ्चेश्वरमा सहमति जुटाउन सोमबारदेखि नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक
पूर्व डिआईजी गोविन्द निरौला साढे ३३ केजी सुन प्रकरणमा पक्राउ
साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् । प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।
भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु
झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिनुभयो ।
चीनलाई केरुङ-काठमाडौं रेलमार्ग अनुदानमा बनाइदिन नेपालको प्रस्ताव
नेपालले बहुचर्तित केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्ग निर्माणमा सतप्रतिशत लगानी (अनुदान)का लागि चीनलाई प्रस्ताव गरेको छ । चिनियाँ समकक्षी वाङसँग ५ वैशाखमा बेइजिङमा भएको औपचारिक वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले ‘मित्रताको प्रतीक’का रूपमा चिनियाँ लगानीको प्रस्ताव गरेका हुन् ।
एकतामा आशंका नगर्न एमाले–माओवादीले आज एउटै मञ्चमा कार्यक्रम गर्दै
डोटीमा जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते
डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् ।








