मुख्य समाचार
नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।
प्रधानन्यायाधीशको रिक्त पद ३० दिनमा पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था उल्लंघन
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको डेढ महिना भइसक्यो । तर, सर्वोच्च अदालतले नयाँ प्रधानन्यायाधीश पाएको छैन । ४४ दिनदेखि सर्वोच्च कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नेतृत्वमा छ ।
अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने र प्रहरी संगठनका किराहरु फाल्ने क्रम सुरु गर्ने: आईजीपी खनाल
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र नै बसेर संगठनको वदनाम गर्ने ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् ।
पञ्चेश्वरको विवाद सुल्झाउन मे महिनाभित्रै विज्ञ समूहको बैठक डाकियो
नेपाल-भारत जलस्रोत सचिवस्तरीय बैठकले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआरमा रहेको विवाद सुल्झाउन आगामी मे महिनाभित्रै विज्ञ समूहको बैठक राख्ने निर्णय गरेको छ ।
चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महर्जन बिजनेज भवनको निर्माण रोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले महर्जन बिजनेश एसोसियट्स प्रालिको वसन्तपुरमा बन्दै गरेको व्यापारिक भवनको निर्माण कार्य तत्काल रोक्न आज अन्तरिम आदेश जारी गरेको छ ।
बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु, ढाकाबाट हिँडेको ५२ घन्टापछि पूर्वी नाका काँकडभिट्टा प्रवेश
बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् ।
साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल प्रहरी नियन्त्रणमा
३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।
महाभूकम्पको तीन वर्षपछि प्राधिकरणका पाँच प्रतिवद्धता, तीन समस्या
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी दिनमा गर्ने योजना र समापन गर्ने तालिका पुन: सार्वजनिक गरेको छ। प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत फेरिएसँगै कार्यतालिका परिवर्तन गरिँदै आएकोमा अहिले भने भूकम्पपछिको तीन वर्ष पूरा भएको सन्दर्भमा नयाँ प्रतिवद्धतासहित समस्याहरू प्राधिकरणले केलाएको छ।
बौद्ध सम्मेलनमा ३८ देशको सहभागिता हुने
गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा यही वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशका बौद्ध विद्वान्को सहभागिता हुने भएको छ ।








