वैशाख १७,२०८३ / ०९ : ४४ पूर्वान्ह / 2026-04-30 09:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

      - ८ वर्ष अगाडि
      वैशाख ६,२०७५
      काठमाडौँ,  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । 

      महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” – उहाँले भन्नुभयो । उहाँले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गर्नुभएको छ । 

      मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पार्नुभयो । 

      महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड््न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ । 

        सम्बन्धित समाचारहरु