काठमाडौं, साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् । प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको प्रहरी स्रोतले बतायो । निरौलाले गत २९ चैतमा अवकाश पाएका प्रहरी अधिकृत हुन् ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्त सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए ।
गत ७ माघमा यूएर्इबाट अाएको तस्करीको साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याकाण्डमा प्रहरीकै मिलेमतो रहेको अाशंकामा घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।
घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन् । त्यसमध्ये १७ जनालार्इ जिल्ला प्रहरी कार्यालय, मोरङमा राखिएको छ । मोरङ प्रहरीको हिरासतमा रहेका अभियुक्तहरूमा ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन छन् ।
त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् ।
उनीहरूलार्इ जिल्ला अदालत मोरङबाट ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको ।
घटनामा संलग्न २१ जना फरार छन् । गायब भएको साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेती (गोरे) सहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतमलार्इ प्रहरीले खोजी सूचीमा राखेको स्रोत बताउँछ ।
प्रहरीले उनीहरूसहित ३८ जनाको सम्पत्ति रोक्क गरेको छ । अनलाइन खबरबाट








