अन्तर्राष्ट्रिय
आइएसको आक्रमणमा चार सुरक्षा अधिकारी मारिए
इराकको मध्य भागमा पर्ने सलाहुदिन प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी चार सुरक्षा अधिकारीको मृत्यु भएको छ ।
तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु
अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।
इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु
बानडुङ, इन्डोनेसिया, इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ । दर्जनौँ बिरामी परेका छन् बिरामीको अस्पतालमा उपचार भैरहेको छ ।
ट्रम्प टावरमा भीषण आगलागी, एकको मृत्यु
अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ।
क्यानडामा सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु
ओटावा क्यानडा, क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना
म्याक्रोँद्वारा सिरियाको द्वन्द्व अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न रूसलाई आग्रह
पेरिस, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरिया द्वन्द्व अन्त्यका लागि सिरियाली द्वन्द्वरत पक्षलाई थप दवाव सिर्जना गर्न आग्रह गर्नुभएको छ ।
सुरक्षा कारबाहीमा २१ जना लुटेराको मृत्यु
अबुजा, नाइजेरिया, नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा सरकारी सुरक्षा फौज र लुटेराहरूबीच भएको भडपमा सुरक्षाकर्मीको गोली लागि कम्तिमा २१ जना लुटेराको मृत्यु भएको छ ।
साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे
मस्को, एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ ।
यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह
जेनेभा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गर्नुभएको छ ।
झडपमा १८ तालिवान मारिए
काबुल, अफगानिस्तानमा मङ्गलबार भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।








