वैशाख १९,२०८३ / ०६ : २१ पूर्वान्ह / 2026-05-02 06:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुरक्षा कारबाहीमा २१ जना लुटेराको मृत्यु

      - ८ वर्ष अगाडि
      चैत २३,२०७४
      अबुजा, नाइजेरिया,  नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा सरकारी सुरक्षा फौज र लुटेराहरूबीच भएको भडपमा सुरक्षाकर्मीको गोली लागि कम्तिमा २१ जना लुटेराको मृत्यु भएको  छ ।  “दोहोरो झडपमा २१ लुटेराको मृत्यु भएको छ भने सुरक्षा फौजतर्फ दुई सैनिकले शाहदत प्राप्त गरेका छन् ।”

      जाम्फाराको प्रान्तीय राजधानी गुसाउमा भएको झडपमा ठूलो सङ्ख्यामा लुटेरा घाइते भएपनि सुरक्षाकर्मीको नियन्त्रणबाट उम्कन सफल भएका उहाँले बताउनुभयो । लुटेराको विगविगी भएपछि स्थानीयको अनुरोधमा गत महिना नाइजेरियाली राष्ट्रपति मुहम्मद बुहारीले जाम्फारामा थप फौज तैनाद गरी गत वर्षदेखि बढेको सर्वसाधारणको हत्यामा सम्लग्न गरिरहेका लुटेराविरुद्ध कारबाही चलाउन आदेश दिनुभएको थियो । 


        सम्बन्धित समाचारहरु