वैशाख १९,२०८३ / ०६ : २० पूर्वान्ह / 2026-05-02 06:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

      - ८ वर्ष अगाडि
      चैत २२,२०७४
      मस्को,  एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ । 

      यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छोडेका मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ । रुसी राजधानी मस्कोबाट प्राप्त समाचारअनुसार रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छोडेका छन् । उनीहरु बिहीबारै मस्कोस्थित अमेरिकी दूताबासबाट बाहिरिएका हुन् ।

      एएफपी समाचारदाताले भनेका छन्– ६० जना अमेरिकी कूटनीतिज्ञ र उनका परिवारसमेत गरी कैयौँ अमेरिकीहरु मस्कोस्थित दूताबासमा जम्मा भएर बसमा चढी विमानस्थलसम्म पुगेका थिए ।  उनीहरु आजै अमेरिकाका लागि प्रस्थान गरेका छन् । यसअघि पनि अमेरिकाले वासिङ्टनस्थित ६० जना रुसी कूटनीतिज्ञहरुलाई देश छोड्न भनेको थियो । 

      उनीहरुले गतहप्ता नै अमेरिका छोडेर आफ्नो देशतर्फ लागेका थिए । ६० जना रुसी कूटनीतिज्ञले वासिङ्टन छोडेको समाचार यसअघि नै आएको थियो ।  साठी जना रुसी कूटनीतिज्ञले गएको शनिबार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रुसी कूटनीतिज्ञहरु आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।
      उता अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किँदै गरेको दिन नै रुसले पनि यहाँको सेन्ट् पिटर्स्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न रुसी सरकारले निर्देशन गरेको थियो । सोही कन्सुलेट कार्यालयका ती अमेरिकी कूटनीतिक कर्मचारीहरुले बिहीबार रुस छोडेका हुन् । अमेरिकाले आफ्ना ६० जना कर्मचारीलाई देश निकाला गरेकोले रुस सरकारले पनि ६० जना अमेरिकी कूटनीतिज्ञलाई एक हप्ताभित्र देश छोड्न भनेको थियो । 

      साथै रुसले बेलायतले पनि रुसी कूटनीतिज्ञहरु हटाएकोले सोही सरह नै पनि बृटिशहरुलाई देश छोड्न भनेको छ । तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरुलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् । 

      त्यसैगरी अरु केही युरोपेली र पश्चिमा मुलुकहरुले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरुलाई हटाइरहेकोले आफूहरुले पनि सोही बमोजिम ती देशका कूटनीतिज्ञहरु पनि निकाला गर्ने रुसको भनाई छ ।

        सम्बन्धित समाचारहरु