वैशाख १९,२०८३ / ०६ : १९ पूर्वान्ह / 2026-05-02 06:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      झडपमा १८ तालिवान मारिए

      - ८ वर्ष अगाडि
      चैत २१,२०७४
      काबुल, अफगानिस्तानमा मङ्गलबार भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको झडप र हवाई कारबाहीमा परी ती तालिवान लडाकू मारिएका हुन् । 

      अफगान गृहमन्त्रालयले बुधबार सो जानकारी दिएको छ । अफगानिस्तानका विभिन्न स्थानमा नेटो र अमेरिकाआबद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाई बलले युद्धक विमानबाट तालिवान आतंककारीविरुद्ध कारबाही गर्दै आएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्ड तालिवानको बलियो प्रभाव रहेको प्रान्तका रुपमा रहेको छ । सो क्षेत्रमा पछिल्ला केही समयमा लगभग दिनहँुजसो यस्तो कारबाही भइरहेको छ । 

      जारी यस कारबाहीको विषयमा १६ वर्षभन्दा बढी समयदेखि अफगान सरकारसँग युद्ध गर्दै आएका तालिवान लडाकूले भने केही टिप्पणी गरेका छैनन् ।  समाचारमा जनाइएअनुसार यस कारबाहीको क्रममा सुरक्षा अधिकारीतर्फ कुनै हताहत भएको छैन । रातिको समयमा तालिवानहरुले सुरक्षा जाँच चौकीलाई बढी तारो बनाउने गरेका छन् । 


        सम्बन्धित समाचारहरु