कार्तिक २२,२०८२ / ०९ : ०० अपरान्ह / 2025-11-08 09:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रिय

      म्याक्रोँद्वारा सिरियाको द्वन्द्व अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न रूसलाई आग्रह

      ७ वर्ष अगाडि

      पेरिस, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरिया द्वन्द्व अन्त्यका लागि सिरियाली द्वन्द्वरत पक्षलाई थप दवाव सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

      सुरक्षा कारबाहीमा २१ जना लुटेराको मृत्यु

      ७ वर्ष अगाडि

      अबुजा, नाइजेरिया,  नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा सरकारी सुरक्षा फौज र लुटेराहरूबीच भएको भडपमा सुरक्षाकर्मीको गोली लागि कम्तिमा २१ जना लुटेराको मृत्यु भएको  छ । 

      साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

      ७ वर्ष अगाडि

      मस्को,  एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ । 

      यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

      ७ वर्ष अगाडि

      जेनेभा,  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गर्नुभएको छ । 

      झडपमा १८ तालिवान मारिए

      ७ वर्ष अगाडि

      काबुल, अफगानिस्तानमा मङ्गलबार भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । 

      अमेरिकाको यूट्युब मुख्यालयमा गोली चल्यो, आक्रमणकारीद्वारा आत्महत्या, केही घाइते

      ७ वर्ष अगाडि

      काठमाडौं,अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् ।

      सिरियामा शान्तिका लागि पोपको आग्रह

      ७ वर्ष अगाडि
      भ्याटिकन सिटी,  क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि सबैसँग आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । 

      सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि

      ७ वर्ष अगाडि
      बेरुत,  सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेना तथा सुरुमा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक हतियारको आक्रमण गरिएको पुष्टि भए पनि त्यसमा संलग्नलाई कारबाही भने भएको छैन । सुरुमा विद्रोहीले पनि केही स्थानमा सरकारी सेनामाथिको हमलाका क्रममा यस्ता हतियार हानेका देखिएको थियो । 

      ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ भन्दै रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

      ७ वर्ष अगाडि
      मस्को, रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको छ । 

      झण्डै दुई हप्तापछि वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

      ७ वर्ष अगाडि
      क्याम्ब्रीज, बेलायत,  चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको निधन भएको झण्डै दुई हप्तापछि उहाँको शनिबार अन्त्येष्टि गरिएको  छ । बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उहाँलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो । उहाँले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गर्नु भएको थियो । 
          • param d d