वैशाख १९,२०८३ / ०६ : १३ पूर्वान्ह / 2026-05-02 06:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      ट्रम्प टावरमा भीषण आगलागी, एकको मृत्यु

      - ८ वर्ष अगाडि
      चैत २५,२०७४
      अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ। उनी ५०अाैं तलामा रहेको जनाइएको छ। आगलागीमा अन्य छ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ। हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन्। आगलागीको कारणबारे प्रष्ट भइसकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले अग्नि नियन्त्रक कर्मचारीको प्रयासको प्रशंसा गरेका छन्।

        सम्बन्धित समाचारहरु