वैशाख १९,२०८३ / ०६ : १३ पूर्वान्ह / 2026-05-02 06:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      आइएसको आक्रमणमा चार सुरक्षा अधिकारी मारिए

      - ८ वर्ष अगाडि
      चैत २९,२०७४
       इराक, इराकको मध्य भागमा पर्ने सलाहुदिन प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी चार  सुरक्षा अधिकारीको मृत्यु भएको छ ।  यस आक्रमणहरुमा परी चार सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ ।

      आइएस आतङ्ककारीहरुले इराकमा सुरक्षा बलमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।  सन् २०१७ को डिसेम्बर ९ मा इराककी प्रधानमन्त्री हैदर अलि अबादीले इराक आइएस आतङ्ककारी समूहबाट स्वतन्त्र भएको औपचारिक घोषणा गर्नुभएको थियो । तर पनि इराकी सुरक्षा अधिकारी र सर्वसाधारण नागरिक लक्षित आइएसका स–साना आतङ्ककारी आक्रमणहरु हुँदै आएका छन् । 


        सम्बन्धित समाचारहरु