आर्थिक
११ गतेदेखि जारी बन्दाबन्दीमा ६ अर्बको औषधि आयात
गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा ५ अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।
नुनदेखि सुनसम्मका खानी उत्खनन
मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने
पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।
क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल
सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको थियो ।
प्रदेश ५ को ३६ अर्ब ३५ करोडकाे बजेट, विगतभन्दा ६ करोड कम (पूर्ण विवरणसहित)
प्रदेश ५ को प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट (पूर्ण विवरणसहित)
कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश २ को कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँ (पूर्ण विवरणसहित)
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७ ०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको आयव्ययको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार बजेट प्रस्तुत गरे ।
प्रदेश १ को कुल बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ (पूर्ण विवरणसहित)
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सोमबार प्रदेशसभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेका छन् ।
सोमबारबाट पूर्णरूपमा खुले बैंक तथा वित्तीय संस्था, बिहान ८ देखि बेलुका ६ बजेसम्म सेवा दिने
सोमबारबाट पूर्णरूपमा सबैबैंक तथा वित्तीय संस्था खुलेका छन् । राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने छन् ।
सरकारद्वारा ८ अर्ब ३९ करोडको खर्च सार्वजनिक हेर्नुहोस् कहाँ कति खर्च भयो ? (विवरणसहित)
सरकारले शनिबार कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको खर्च विवरण सार्वजनिक गरेको छ । देशभर उपचारको खर्च विवरण सार्वजनिक गर्न दबाब बढेपछि सरकारले शनिबार ८ अर्ब ३९ करोड रुपैयाँको हिसाब सार्वजनिक गरेको हो ।








