आर्थिक
सरकारले शुरू गर्यो बिजुली बस खरिद प्रक्रिया सुुरु
सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो ।
सोमबारबाट शेयर बजार खुल्ने
लकडाउनका कारण बन्द भएको सेयरबजार भोलिबाट पुनः सञ्चालनमा आउने भएको छ । शुक्रबार अध्ययन समितिले बजार खुलाउन सक्ने प्रतिवेदन शार्वजनिक गरेसँगै आगामी मंगलबार बजार खुलाउने भनिएपनि सोमबारबाटै बजार खुलाउने निणर्य भएको हो ।
सलह प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय
नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए । गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका अनुसार एकाएक गन्नै नसकिने कीरा देखिएपछि विषादी हालेर मार्न खोजियो । सलह तिनै थिए ।
शुक्रबार घट्यो सुनको मुल्य
सुनको मूल्य शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ निर्धारण गरिएको छ ।
कर्मचारी सञ्चय कोषको मुनाफा साढे चार अर्ब
कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पु¥याएको छ । कोषले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल आम्दानीमा तीन अर्ब २५ करोड अर्थात् १२.१७ प्रतिशतले वृद्धि भएर २९ अर्ब ९६ करोड पुगेको हो ।
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ३७ करोड
विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७,७८ का लागि कुल तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपियाँको वार्षिक बजेट आज सार्वजनिक गरेको छ ।
‘विद्युतीय सवारी साधनको कर छुट स्वागतयोग्य’
सरकारले विद्युतीय सवारी साधनमा तोकेको कर जायज भएको सरोकारवालाले बताएका छन् । सार्वजनिक विद्युतीय सवारी साधनमा सरकारले हदैसम्मको कर छुटको व्यवस्था गरेको छ । सरकारले सार्वजनिक विद्युतीय सवारीलाई एक प्रतिशत भन्सार तोकेको छ ।
उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ बन्ने
सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ ।
स्वास्थ्य सामग्री खरिदमा मूल्य अन्तर उच्च
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई फरक प्रक्रियाबाट खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर पाइएको छ । सेनाले भित्र्याएका अधिकांश स्वास्थ्य सामग्री ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले ल्याएभन्दा सस्तो छ ।
'सांसद विकास कोष' को खर्च हुन बाँकी रकम कोरोना कोषमा
सांसदहरूले संचालन गर्ने पूर्वाधार साँझेदारी कार्यक्रम (सांसद विकास कोष) को चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने सरकारले निर्णय गरेको छ ।








