आर्थिक
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई दुई लाख रुपैयाँ र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सिक्टा आयोजनाद्वारा सिँचाइ शुरू
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ शुरू गरेको छ । डेढ दशक अघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो ।
सलह किन्न पाँच लाख बजेट
झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।
४६ स्थानीय तहले अझै ल्याएनन् बजेट
असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् ।
फेरि बढ्यो इन्धनको मूल्य
नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। असार १६ गते मूल्य बढाएको निगमले १० दिनपछि पुनः इन्धनको मूल्य बढाएको हो। निगमले शुक्रबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य वृद्धि गरेको छ।
किस्ता भुक्तानीको समय थपिन्छ : गभर्नर
बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएर बैङ्कको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गर्न असार मसान्तभित्र ऋणको सावाँ र ब्याज तिर्न नसक्नेलाई थप समय दिइने बताए ।
बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेको हो । बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।
उखु किसानले अझै पाएनन् ५० करोड
किसानले उखु बिक्री गरेबापत अझै करिब ५० करोड रुपैयाँ पाउन बाँकी रहेको पाइएको छ । श्रीराम, लुम्बिनी र अन्नपूर्ण सुगर मिलले गरी उक्त रकम भुक्तानी दिन बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सुनको प्रतितोला ९१ हजार ५ सयमा कारोबार
केही समयदेखि सुनको भाउमा उतारचढाव भइरहेको छ । आज प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व अर्थतन्त्रको निराश दृश्य
संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ।








