वैशाख १७,२०८३ / ०३ : ३३ पूर्वान्ह / 2026-04-30 03:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      यस्तो छ आजदेखि चलनचल्तीमा आउने ५० रुपैयाँको नयाँ नोट

      ५ वर्ष अगाडि

      नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

      रसुवागढी नाका खुलाउने तयारी

      ५ वर्ष अगाडि

      नेपाल–चीन व्यापार नाका रसुवागढी खुलाउने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालन हुने भएको छ । नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छन् ।

      नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अगाडि बढ्ने

      ५ वर्ष अगाडि

      नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।

      नेपाल निम्नमध्यम आय वर्गमा उक्लियो,प्रतिव्यक्ति आय बढ्यो

      ५ वर्ष अगाडि

      नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । विश्व बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालीको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले बढेको छ ।

      अमेजनले कर्मचारीलाई प्रोत्साहन गर्न ५० अर्ब ६० करोड बोनस बाँड्दै

      ५ वर्ष अगाडि

      इ–कमर्श जायन्ट अमेजन कम्पनीले आफ्ना कर्मचारीलाई ५०० मिलियन (करिब ५० अर्ब ६० करोड रुपैयाँ) बोनस बाँड्ने घोषणा गरेको छ। जुन महिनासम्म अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीलाई अमेजनले यस्तो बोनसको व्यवस्था गरेको हो। 

      पेट्रोलियम पाइप लाइन : सर्भे अन्तिम चरणमा

      ५ वर्ष अगाडि

       नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥याएको छ ।

      लामो समय बन्द भएर खुलेको नेप्सेमा बुधबार सकारात्मक सर्किट

      ५ वर्ष अगाडि

      कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

      नागरिक लगानी कोषले कमाए ३७ करोड नाफा

      ५ वर्ष अगाडि

       नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। नाफा गत वर्षको भन्दा १२.३४ प्रतिशत धेरै हो । गत वर्ष कोषले ३३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

      सलह प्रतिकिलो १ सय मा किन्ने कृषिविज्ञ राईको घोषणा

      ५ वर्ष अगाडि

      कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० रुपैँयामा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन्  ।

      आर्थिकसँग सम्बन्धित राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

      ५ वर्ष अगाडि

      राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण भएसँग यी ऐनहरू कार्यान्वयनमा आएका छन् । 

          • param d d