चैत १८,२०८२ / ०४ : ०६ अपरान्ह / 2026-04-01 04:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बालिका बलात्कार प्रकरणः साधारण व्यक्ति पक्राउ, पहुँचवाला फरार

      - ८ वर्ष अगाडि
      फागुन १४,२०७४

      आर्थिक चलखेलमा बालिका बलात्कारको घटनालाई मिलापत्र गराई गुपचुप गरिएको घट्ना सार्वजनिक भए पछि विचौलियको भूमिकामा रहेका तरुण दलका सभापति, उपसभापतिलगायतका व्यक्तिहरु विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता भएको छ ।

      घटनाका मुख्य अभियुक्तद्धय धरानका जग लिम्बू र विराटनगरका मनिष भनिने जीवन श्रेष्ठ पक्राउ परेपछि मिलापत्र गराउन मुख्य भुमिका खेल्ने विचौलियाहरु सभापति सिजन गुरुङ, उपसभापति सन्तोष बिक र इटहरी वडा नं २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले मुख्य भुमिका खेलेको बयान दिएपछि उनीहरु विरुद्ध मुद्धा दर्ता भएको हो ।

      गुरुङ र विक राजनीतिको आवरणमा गुण्डागर्दी र ठेक्कापट्टाबाट अकुत सम्पत्ति कमाएको दुवैको पृष्ठभुमि ब्यक्ति रहेको बताइन्छ ।

      यो घटनामा वडा अध्यक्ष श्रेष्ठको पनि संलग्नता रहेको खुलेकोछ । मिलापत्रको कागजमा अध्यक्ष श्रेष्ठले समेत हस्तक्षर गरेका छन् । उनी नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निवार्चित भएका छन् ।

      विचौलियाहरुलाई खोजी गरिरहे पनि उनीहरु प्रहरीको नजरमा भने फरार रहेका छन् ।

      विचौलियाहरुलाई जर्बजस्ती करणीमा मुद्दा चलाउन नमिल्ने भएपनि जघन्य अपराधलाई ढाकछोप गर्न भुमिका खेलेको भन्दै प्रहरीले उनीहरुलाई पनि सार्वजनिक मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यलयका डिएसपी सञ्जय राउतले जानकारी दिए ।

      लिम्बू र श्रेष्ठले गत पुष १६ गते इटहरीको रोयल रिसोर्टमा १४ बर्षिया एक बालिकालाई जर्बजस्ती करणी गरेका थिए ।

      प्रहरीभित्रैबाट सो घटनाबारे प्रहरी नेतृत्वसमक्ष पुगेपछि प्रदेश प्रहरी कार्यालयले धरानस्थित संघीय प्रहरी इर्काइ प्रमुख हरि पालको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो ।

      घटना ढाकछोप गर्न सुनसरीका एसपी विद्यानन्द माझी र इटहरीका इस्पेक्टर चिरञ्जिवि दाहाल संलग्न देखिए पनि उनीहरु निलम्बनमा परेका छन् ।

      इप्रका इटहरीको डिएसपी संजय राउतका अनुसार घट्ना मिलापत्र गराउन १८ लाख रुपैया जम्मा भएको पाईएको छ ।

      मितेरी डेब्लपमेन्ट बैक र एनएमबी बैकमा गत पुस २४ गते नै रकम जम्मा भएको देखिएको हो । बालिकाकी आमाको नाममा रहेको खातामा रकम जम्मा भएको छ ।

      बलात्कार घट्नामा विराटनगरका मनिष श्रेष्ठ र धरानका जोकम लिम्वुले घट्ना मिलाउन २५ लाख रुपैया दिएको प्रहरी समक्ष बयान दिएका थिए ।

      घट्नामा मुछिएका मिलापत्रमा हस्ताक्षर गर्ने वडा अध्यक्ष मणिराम श्रेष्ठ, तरुण दलका सुनसरी सभापति गुरुङ र उपसभापति विकलगायत अन्य २ जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

      घटनामा संलग्न भनिएका सामान्य व्यक्ति मदन राई, केवल खत्री र शंकर बस्नेतलाई मात्र प्रहरीले पक्राउ गरेर कारवाही चलाएको छ ।

        सम्बन्धित समाचारहरु