चैत १८,२०८२ / ०२ : २० अपरान्ह / 2026-04-01 02:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      बच्चामा बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर, लामो समय मोबाइल प्रयोग गर्न नदिन सुझाब

      ७ वर्ष अगाडि

      चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन । हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ । उक्त अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ । 

      नेपालमै ब्रेनसम्बन्धी रोग पहिचान गर्ने ‘इइजी’ उत्पादन

      ७ वर्ष अगाडि

      ब्रेन सम्बन्धी रोग पहिचान गर्ने उपकरणको उत्पादन नेपालमै सुरु भएको छ । सिएमडिएन नामक संस्थाले ‘ब्रेन’सम्बन्धी रोग पहिचान र यस्ता रोगको अनुसन्धान गर्ने उपकरणको उत्पादन सुरु गरेको हो ।

      वार्षिक तीन लाख गर्भवतीले स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउँछन्

      ७ वर्ष अगाडि

      वार्षिक करिब तीन लाखगर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।

      गर्भजाँच बारेमा एसएमएसबाटै जानकारी दिने

      ७ वर्ष अगाडि

       मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ ।  

      अन्धोपनको स्थिति पत्ता लगाउन आँखा स्वास्थ्य सर्वेक्षण हुँदै

      ८ वर्ष अगाडि
      काठमाडौँ,  नेपालमा आँखा स्वास्थ्य सर्वेक्षण गरिने भएको छ । नेपाल नेत्रज्योति संघले आगामी असारबाट सर्वेक्षण शुरु गर्न लागेको हो । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले अन्धोपनको स्थिति, उपचार सेवामा पहुँच, उपचार हुन नसक्नुका कारण, मधुमेहका कारण आँखामा समस्या भएकाको स्थितिलगायतका विषयमा अध्ययन गरिने बताउनुभयो ।

      क्यान्सर रोक्न सक्ने एक प्रमुख कारक मोटोपना रोम्नु

      ८ वर्ष अगाडि

      लण्डन, बेलायत,  क्यान्सर सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो  क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक अनुसन्धानमुलक संस्थाले शुक्रबार जनाएको छ ।

      जिल्ला अस्पतालमा न्यानो झोला कार्यक्रम स्थगित

      ८ वर्ष अगाडि

      बेँसीशहर,लमजुङ,जिल्लाअस्पतालमाबजेटनहुँदासुत्केरीलेपाउने‘न्यानोझोला’कार्यक्रमस्थगितभएकोछ।जिल्लाजनस्वास्थ्यकार्यालयमार्फतआउनेरकमचालूआर्थिकवर्षमास्थानीयतहमागएपछिविगतचारमहिनादेखिसोकार्यक्रमस्थगितभएसँगैजिल्लाकासुत्केरीमहिलातथानवजातशिशुप्रभावितभएकाछन्।

      अनिदो बसेर विमान दुर्घटनाका मृतकको पोस्टमार्टम गर्दै डाक्टर

      ८ वर्ष अगाडि

      काठमाडौं :विमान दुर्घटनामा दिवंगतहरूको शव पोस्टमार्टम गर्ने डा.हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शववरिपरि बिताए। सोमबार राति १० बजे शव अस्पताल पुर्‍याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो। विमान दुर्घटनापछि झन्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी लिएका थिए।

      भक्तपुर आउने पर्यटकका लागि स्थास्थ्य उपचारको सम्झौता

      ८ वर्ष अगाडि
      भक्तपुर, भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतवार सझौता भएको छ । 
      आइवारदेखि नै लागू हुने अस्पताल र पर्यटन विकास समितिबीच सम्झौता भएको हो । रफत सञ्चार क्बलमा पत्रकार सम्मेलन गरी पर्यटन विकास समिति र अस्पतालबीच सम्झौता भएको जानकारी गराइएको छ । सम्झौता पश्चात अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले अस्पतालले पर्यटकलाई आकस्मीक सेवा प्रदान गर्नका लागि अस्पताल र विकास समितिबीच सम्झौता भएको बताउनुभयो । 

      ड्रग्समा फसेपछि के गर्ने ?

      ८ वर्ष अगाडि

      काठमाडौं लागुऔषध दुर्व्यसन युवापुस्तामा ठूलो समस्याका रूपमा देखिन थालेको छ । देखासिकी र अन्य कारणले मानिस लागुऔषधको सिकार हुने गरेको पाइन्छ । नेपालमा गाँजादेखि कोकिन, हिरोइन, ब्राउन सुगरसम्म प्रयोग गर्ने छन् । नेपालमा कैदीको संख्याले यसको भयावह अवस्थाबारे इंगित गर्छ । कारागारमा रहेका कैदीमध्ये ३० देखि ४० प्रतिशत लागुऔषधको मुद्दामा सजाय भएको तथ्यांकले देखाउँछ । त्यसैले अभिभावकले यसबारे विशेष ध्यान दिनुपर्ने देखिन्छ :

          • param d d