फागुन १,२०८१ / ०७ : ४४ पूर्वान्ह / 2025-02-13 07:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      चितुवामाथि निगरानीकालागि क्यामेरा जडान

      - ३ वर्ष अगाडि
      माघ १२,२०७८

      काठमाडौं । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ ।

      चितुवाले घरपालुवा जनावर खान थालेपछि चितुवामाथि निगरानी राख्नका लागि दुई वटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । 

      निकुञ्ज कार्यालयबाट अन्य क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए । 

      चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही संख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ ।

      गएराति मात्रै वडा नं १ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पु¥याएको छ । 

      निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधिलगायतको टोलीले चितुवाले क्षति पु¥याएको क्षेत्रको अवलोकन समेत गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d