पत्रपत्रिका
मन्त्री पण्डितले एक महिनाभित्र प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारी पुर्याउने
काठमाडौँ:संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्याउने प्रतिवद्धता जनाएका छन् । प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारी नपुगको गुनासो आइरहेका बेला मन्त्री पण्डितले एक महिना भित्र कुना कन्दराका वडासम्म कर्मचारी पुर्याउने प्रतिवद्धता जनाएका हुन् ।
अनुमतिबिना नै राष्ट्रसंघले गर्याे राजनीतिक सर्वेक्षण
काठमाडौं – संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग अनुमति नलिई संघीयता, पहिचान, जातीयताजस्ता राजनीतिसँग प्रत्यक्ष जोडिने अतिसंवेदनशील विषयमा विस्तृत अनुसन्धान गरिरहेको खुलेको छ। राष्ट्रसंघको नेपालस्थित कार्यालयले ‘प्रोसपेक्टिभ पोलिटिकल सिनारियो एनालाइसिस एक्ससाइज इन नेपाल’ (नेपालमा सम्भावित राजनीतिक परिदृश्यको विश्लेषण) शीर्षकमा अनुसन्धान गरिरहेको पाइएको हो।
आयल निगमको जग्गा खरिद घोटाला : दुई अर्बको जग्गामा ५० करोड राजस्व छली
काठमाडौं, नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको छ । झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको हो ।
भत्ताकै लागि अनुगमन : उपभोक्ता ठग्नेविरुद्व कारवाही शून्य
काठमाडौं : छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्लो ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ। सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ।
अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत साउनदेखि पुस महिनासम्ममा बजार अनुगमनका नाममा उपत्यकामा मात्रै ३६ लाख ४२ हजार नौ सय रुपैयाँ खर्च गरेको हो।
नेपाली भूमिमा असोजदेखि रेल
काठमाडौं :नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ।
कृष्णबहादुर महरा: लाभको पदमा रमाउने माओवादी नेता
प्रतिनिधि सभाको सभामखुमा निर्वाचित कृष्णबहादुर महरा