जेष्ठ १,२०८१ / ०१ : २० पूर्वान्ह / 2024-05-14 01:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      आईसीसी टी–२० विश्व कप क्रिकेट छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

      - एक हप्ता अगाडि
      कार्तिक १९,२०८०
      काठमाण्डौ, आईसीसी टी २० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।  नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । 

      फाइनल खेल खेल्न लागेका नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

      ओमानसँग ५ रनले पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।

      प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी  २० विश्व कपमा छनोट भइसकेका छन् ।   

        सम्बन्धित समाचारहरु