वैशाख ३१,२०८१ / ११ : ३२ अपरान्ह / 2024-05-13 11:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दोसीमाथी कडा कारवाहीको माग गर्दै औषधि ब्यवसायी सघं मोरङद्धारा ज्ञापनपत्र बुझाइयो

      - ३ हप्ता अगाडि
      भाद्र २९,२०८०

      बिराटनगर ।  गत बुधवार कोशी अस्पतालको अगाडी रहेको स्नेहा फार्मेसीमा औषधि ब्यवसायी तथा जनता समाजबादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादबमाथी भएको अमानबिय ब्यवहारप्रति औषधि ब्यबसायी सघं मोरडद्धारा ध्यानाकर्षण ध्यानाकर्षण भएको छ ।

      सघंका सदस्य समेत रहेका ब्यावसायी यादवमाथि भएको आक्रमण बिरुद्ध सत्य तथ्य छानविन गरि कडा कारवाहीको माग गर्दै औषधी ब्यवासायी सघं मोरङले बिराटनगर महानगरपालीकाका मेयरलाई ज्ञापनपत्र समेत बुझाएको छ ।


      सघंका केन्द्रिय सदश्य प्रदिपकुमार दास, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, मोरङ जिल्लाका महासचिव दिनेश ठाकुर, औषधि बिक्री प्रतिनिधि सघं केन्द्रिय कार्यलय र बिराटनगर शाखा, मेडिकल ल्याब्रोरेटरी प्रतिनिधि सघं, तथा नेपाल चिकित्सक सघंका प्रतिनिधि सहितको संयुक्त  टोलीले शुक्रबार महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटि ज्ञापनपत्र बझाएको हो ।

      गत २७ गते बिराटनगर महानगरपालीकामा नगरप्रहरीले ब्यवसायी यादवसगं पार्किडको बिषयमा भएको सामान्य बिवादमा लछारपछार पार्दै दुब्र्यवहार गरेका थिए । पसल अगाडि नो पार्कीङमा रोकेको सिटी सफारीमा नगरप्रहरीले हृललक लगाएपछि त्यसलाई खोल्न यादवले नगरप्रहरीलाई आग्रह गरेका थिए ।


      सोही बिषयमा बिवाद लम्बिएपछि नगरप्रहरीद्धारा यादवमाथि दुब्यवहार भएको थियो । उक्त घटनाको तत्काल सत्यतथ्य छानविन गरि दोसीउपर कडा कारबाहीको माग गर्दै मेयर कोइरालाईे ज्ञापनपत्र बुझाएको सघंका उपाध्यक्ष्ँ तथा प्रवक्ता देशबन्धु ढकालले बताए । उनले यस्ता खालका कार्यहरु नरोकिए, दोसीमाथि कडा कारवाही नभए ब्यवसायीको सुरक्षाको लागि चरणवद्ध आन्दोलन गर्न बाध्य हुने समेत बताए ।

      यादवमाथि भएको दुव्र्यबहारको चौतर्फी विरोध भइरहेको छ ।

        सम्बन्धित समाचारहरु