चैत १,२०८२ / ०७ : २० पूर्वान्ह / 2026-03-15 07:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज २०७७ वैशाख ८ गते सोमबारको राशिफल

      - ५ वर्ष अगाडि
      वैशाख ८,२०७७

      आज २०७७ वैशाख ८ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् आजको राशिफल -

      मेष 

      आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । आफन्तबाट धोका हुन सक्ला । जागिरमा पदोन्नतति होला ।विलासिताका सामान प्राप्त हुने योग छ ।  सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ ।

      बृष 

      प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । अध्ययनमा रुची बढ्ला । बौद्धिकताको प्रसंशा हुनेछ ।

      मिथुन 

      आकस्मिक लाभको सम्भावना । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला । खर्च बढ्नेछ । अध्ययनमा बाधा । धन आर्जन गर्न कडा मेहनत ।

      कर्कट 

      मन अस्थिर रहनेछ । पराक्रम घट्नेछ । धार्मिक आस्था घट्नेछ । यात्रामा बाधा ।अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

      सिंह 

      आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मान सम्मान मिल्नेछ । व्यवसायमा लाभ ।

      कन्या 

      राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ । आत्मविश्वास बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । व्यापारमा हानी हुने योग छ ।

      तुला 

      मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अध्ययनमा रुची बढ्ला । नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । नोकरीमा प्रशंसा हुनेछ । पारिवारिक सुख प्राप्ति ।

      बृश्चिक  

      मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।

      धनु 

      पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । काममा प्रशंसा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको सम्भावना ।

      मकर 

      अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । मानसिक चिन्ताले सताउला । काममा अवरोध । सहयाेगी प्रशस्त हुनेछन् । घरमा कलह बढ्ला । निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ ।

      कुम्भ 

      धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक समस्या हट्नेछ ।सन्तानबाट चिन्ता थपिनेछ । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ ।

      मीन 

      आर्थिक क्षेत्रमा विवाद बढ्ला । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद । सफलता मिल्नेछ । मिष्ठान्न भोजन ।

        सम्बन्धित समाचारहरु