असोज २८,२०८१ / ०८ : ०५ पूर्वान्ह / 2024-10-14 08:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिकामा देखियो दुईओटा टाउको भएको अचम्मको सर्प

      - ५ वर्ष अगाडि
      भाद्र २०,२०७६

      वाशिङटन , अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प भेटिएको हो ।  त्यसको नाम डबल डेभ राखिएको छ । सो सर्पका पूर्ण विकसित दुईवटा टाउका, चारवटा आँखा र दुईवटा जिब्रो पाइएका छन् । ती सबैले स्वतन्त्रतापूर्वक काम गरिरहेको देखिएको छ । वातावरणविद् डेभीड स्केनदरले सो सर्पलाई बाँच्न निकै कठीन जस्तो देखिएको जनाए ।

      उनी र उनका साथीले सर्पको नाम डबल डेभ राखेका हुन् । सर्प भेट्ने दुवैको नाम डेभीड भएकोले सर्पको नाम पनि उनीहरुले त्यसैसँग जोडेर डेभीडको स्थानमा डेभ गरेर डबल डेभ राखेका हुन् । उनीहरुले सो सर्पलाई गएको अगस्ट २५ का दिन फेला पारेका थिए । (बीबीसी)

        सम्बन्धित समाचारहरु