जेष्ठ १२,२०८२ / ०१ : ०६ पूर्वान्ह / 2025-05-25 01:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्ड र बादलको यस्तो तस्विर बाहिरियो, यस्तो छ रहस्य

      - ६ वर्ष अगाडि
      कार्तिक २६,२०७५

      म्याग्दी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा म्याग्दी पुगेका छन् । 

      दाहाल र थापा परिवारसहित म्याग्दी पुगेर सोमबार तातोपानी नुहाएका छन् । नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको हो । 

      दाहाल पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । दाहालसँगै गृहमन्त्री  थापा पनि पत्नी नैनकला थापालाई लिएर तातोपानी कुण्डमा नुहाउन पुगेका हुन् । दाहालपत्नी सीतासँगै छोरी गंगा दाहाल र स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् ।

      बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु त्यहाँ नुहाउन जाने गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d