भारत, बिहीबार बिहान भारतको मुम्बईबाट जयपुरको लागि उडेको बिमानमा अचानक यात्रुहरुको कान र नाकबाट रगत बगको थियो ।
भारतमा बिहीवार आन्तरिक सेवामा रहेको एउटा विमानका कर्मचारीहरूले क्याबिनभित्र हावाको उचित चाप व्यवस्थापन गर्ने स्विच थिच्न बिर्सिँदा सो विमानलाई फर्काउन बाध्य भएको नागरिक उड्डयन अधिकारीहरूले बताएका छन् ।
सो घटनाका कारण मुम्बईबाट जयपुरतर्फ उडेको जेट एयरवेज विमानमा कार्यरत कर्मचारीहरूलाई निलम्बित गरिएको छ । सो घटनाबारे छानबिन भइरहेको बताइएको छ । सामाजिक सञ्जालमा राखिएका जानकारीहरूमा यात्रुहरुले अक्सिजन मास्क लगाइरहेको देखिएको छ ।
अधिकारीहरूका अनुसार उक्त असावधानीका कारण केही यात्रुहरुको नाक र कानबाट रगत बग्नुका साथै कतिपयको टाउको दुखेको थियो । मुम्बई फर्काइएका यात्रहरूलाई चिकित्सकले उपचार गरेका थिए ।












