जेष्ठ १,२०८३ / १२ : ४० पूर्वान्ह / 2026-05-15 12:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      विश्वको पुरोनो मदिराको भट्टी फेला

      - ७ वर्ष अगाडि
      असोज १,२०७५

      एजेन्सी,इजरायलको हैफा नजिकै प्रागऐतिहासिककालको एक गुफाबाट विश्वको अहिलेसम्मकै पुरोनो मदिराको भट्टी फेला परेको सोधकर्ताहरुले बताएका छन् । उक्त स्थलमा १३ हजार बर्ष पुरानो बियरको अंश पनि फेला परेको छ ।

      यो खोज एक चिहानको अध्ययनका क्रममा भएको थियो । उक्त चिहान फिरन्ते सिकारीहरुको भएको अनुमान गरिएको छ । अहिलेसम्म बियर बनाउने प्रक्रिया ५ हजार बर्ष पुरानो मानिएको थियो, तर नयाँ खोजले बियरको इतिहास बदल्न सक्छ ।

      बियर रोती बनाउनका लागि मात्र प्रयोग हुने गथ्र्यो भन्ने पहिलाको अनुमान पनि सही नभएको संकेत यस खोजले दिएको छ । यद्यपी कुन कुरा पहिला बनाउन सुरु भएको थियो भन्न नसक्ने पनि सोधकर्ताहरुले बताए । अक्टोबरको जर्नल अफ आर्किलोजिकल साइन्सको रिपोर्टमा मृतकको अनुष्ठान समारोहमा सम्मान दिनका लागि बियर बनाउँथ्यो भन्ने उल्लेख थियो ।

      सोध टोलीका नेतृत्व गरिरहेका स्टेफोर्ड युनिभर्सिटीका प्रोफेसर ली लियुले स्टेनफोर्ड न्युजसँग भने– यो विश्वमा मानव निर्मित मदिराको सबैभन्दा पुरोनो रिकर्ड हो । नेपाल समाचारपत्र 

      /pagegallery/2018091744.jpg

        सम्बन्धित समाचारहरु