जेष्ठ १,२०८३ / १२ : ३९ पूर्वान्ह / 2026-05-15 12:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      लामो वक्तव्य दिएर अनन्तराम केसीले कायम गरे विश्व कीर्तिमान

      - ७ वर्ष अगाडि
      भाद्र १५,२०७५

      काठमाडौँ, नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । 

      भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् हो । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेका विश्व कीर्तिमानलाई समेत तोडेका छन् । 

      न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए। राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिनुभएको न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । 

      निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राख्नुभएका उहाँलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरे । 

      नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसक्नुभएका केसी एक आध्यामिक साधक हुनुहुन्छ । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरीसकेका थिए । यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन् । 

        सम्बन्धित समाचारहरु