जेष्ठ १,२०८३ / १२ : ५१ पूर्वान्ह / 2026-05-15 12:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      संसारकै सबैभन्दा होचा चालक

      - ७ वर्ष अगाडि
      श्रावण २४,२०७५

      काठमान्डौ, गीनीज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम लेखाउन सफल १.३६ मिटर अग्ला फ्रान्क संयूक्त अधिराज्य वेलायतको चीचेस्टरमा काम गर्छन् । 

      उनलाई पुड्को हुने सर्वमान्य एको्रन्ड्रोप्लासीया भन्ने रोग छ । तरपनि उनले आफुलाई आफ्नो उचाइका कारण कहिले पनि पछि पर्न दिएका छैनन् ।

      ५५ वर्षका फ्रान्कको उचाइ १३६.२ अर्थात ४ फिट ५.६ इन्च छ उनी इराकमा जन्मिएका भएता पनि २० वर्ष अघि नै वेलायतमा आएका थिय । 

      गीनीज बुकमा नाम लेखाउन सफल भएकोले उनले अरुलाई प्रभावित पार्न सक्ने बताएका छन् । बस चलाउनु आफैमा चुनौति भएता पनि उनले तालिम लिए र अहिले उनी सबै खालका बसहरु चलाउन सक्छन् । 

      बसमा खासै परिवर्तन गर्नु पर्दैन हलुका सीटलाई अगाडि लगेर र स्टीरिङ्ग ह्वीललाई हलुका मिलाए पछि उनले बस हाक्न सक्छन् । उनले आफ्नो काम आफुलाई गर्न रमाइलो लाग्ने र साथीहरु, यात्रीहरु र वरपर रहेका सबै मानिसहरु देखि रमाइलो लाग्ने बताएका छन् । 

      “होचो मान्छे हुनु आफैमा गारो कुरा हो तर म त फाइटर हुँ म कहिले पनि हार खादिन, म जहिले पनि आफुलाई एउटा सामान्य मान्छेको रुपमा हेर्छु मेरो परिवार पनि मेरो काम प्रति उत्साहित छ र म आफै पनि मेरो कामप्रति गर्व गर्छु । म वारवीक डेभीस र स्टेफेन हकिङ्गबाट प्रभावित भएको हुँ ।” उनले बताए । 

        सम्बन्धित समाचारहरु