काठमाडौं, भारतको झारखण्डका एकै परिवारका ६ सदस्यले आत्महत्या गरेका छन् ।
झारखण्डको हजारीबाग सहरका एक व्यासायीका सवै परिवार सदस्यको शव घर भित्र नै फेला परेको हो । उनीहरुको घरबाट ६ वटा सुसाईड नोट समेत फेला पारेको प्रहरीले जनाएको छ ।
रातो रंगको सुसाईड नोटमा आफूहरुले स्वेच्टछाले आत्महत्या गरेको उल्लेख गरीएको छ । जसमा बच्चाको भने घाटी रेटेर हत्या गरीएको उल्लेख छ । सुसाईड नोट कसले लेखेको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक छानविनमा ती व्यपारीको ठूलो रकम फसेको हुन सक्ने प्रहरीले जनाएको छ ।
७० वर्षीय महाविर माहेश्वरी शहरको ड्राई फ्रुट्सका ठूला व्यापारी रहेको उल्लेख गरीएको छ ।
एजेन्सी








