काठमाडौं, जाडो, गर्मी, बादल, वर्षा सबै हुन्छ त प्रकृतिको नियममा नै रहेर ।
त्यसैगरी अहिले गर्मीको मौसम छ । गर्मी मौसमका कारण घरदेखी बाहीर निस्कन वितिकै शरिमा गर्मी सुरु हुन्छ । तर अवको केही महिनापछि जाडो पनि आउँछ । यो सवै प्रकृतिको अन्डरमा रहने कुरा हो । गर्मी बढि भयो भने हमीले के गर्न सक्छौ ? पक्कै पनि शरिरलाईशितल वनाउन केही उपायहरु हामी साच्छौं । तर उता छिमेकी देश भारतमा भने एकजना मानिसले धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध प्रहरीमा उजुरी हालेका छन् ।
मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले स्थानीय पुलिस चौकीमा सूर्य भगवान विरुद्ध उजुरी दर्ता गराएका हुन् । आफु पछिल्लो ६ हप्तादेखि अत्यन्तै गर्मीबाट पीडित भैरहेको भन्दै उनले आकाशबाट वषिर्रहेको आगोले आफुलाई निकै समस्या भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
अत्यधिक गर्मीको यो समस्याका लागि ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको भन्दै उनले भारतीय संविधान तथा अन्य कानून बमोजिम सूर्यलाई सख्त कारवाही हुनुपर्ने माग समेत गरेका छन् ।
सायद यो आज सम्मकै अनौठो कुराका रुपमा लिन सकिन्छ होला ।








