काठमाडौं, विश्वमा सबैभन्दा बढि जुम्ल्याहा रहेको गाउँ कुन होला भनि सवैमा खुलदुलीको विषय वन्न सक्छ ? यो कुरा कतिपय व्यक्तिलाई थाहा नै नहुन सक्छ ।
विश्वमा सबैभन्दा धेरै जुम्ल्याहा जन्मिने गाउँ नाइजेरियामा छ । नाइजेरियाको इग्बो ओरा गाउँमा औषत १ हजार जन्ममा १ सय ४५ जुम्ल्याहा जन्मिने गरेको तथ्य सार्वजनिक भएको छ । विश्वमा बढि जुम्ल्याहा जन्माउने दोश्रो गाउँ भने नेपालको छिमेकी देश भारतमा रहेको छ ।
भारतको केरलाको मलप्पुरम जिल्लामा रहेको कोडिन्ही गाउँ नै विश्वमा धेरै जुम्ल्याहा बच्चा जन्मिने दोश्रो गाउँको रुपमा चिनिन्छ ।
जुम्ल्याहा गाउँका नामले समेत परिचित उक्त गाउँमा जन्मिने १ हजार बच्चा मध्ये ४५ जना जुम्ल्याहा जन्मिने गरेका छन् । मुस्लिम बाहुल्य उक्त गाउँमा २ हजार जनसंख्या रहेको छ । जसमध्ये २ सय ५० भन्दा बढि जुम्ल्याहा छन् । सो गाउँमा स्कुल तथा आसपासको बजारमा समेत एउटै अनुहार भएका मानिसहरु छ्यापछ्यापी भेटिने गर्दछ । यो गाउँमा रहेका जुम्ल्याहा मध्ये सबैभन्दा पाका व्यक्ति अब्दुल हमीद र उनकी बहिनी कुन्ही कदिया हुन् । जसको उमेर ६५ वर्ष रहेको छ ।
पछिल्लो १० वर्षमा मात्र सो गाउँमा आधा भन्दा बढि जुम्ल्याहा जन्मिएका हुन् ।
एजेन्सी








