जेष्ठ १,२०८३ / १२ : ३९ पूर्वान्ह / 2026-05-15 12:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      एक युवकले गरे गर्लफ्रेन्डको सम्झनामा सर्पसँग बिहे

      - ७ वर्ष अगाडि
      जेष्ठ २७,२०७५

      काठमाडौं, सिंगापुरमा एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँका एक युवकले विषालु गोमन सर्पसँग बिहे गरेका छन् । 

      तर उनले सर्पसँग बिहे गर्नुको कारण निकै अनौठो तथा दर्दनाक छ । ती युवकले घरमा उक्त सर्प पालेका थिए । सर्पसँग उनको लगाव धेरै थियो र सँगै खाने, घुमफिर गर्ने, खेल्ने काम गर्दथे । सर्पसँगको सम्बन्ध यति आत्मीय बन्यो कि अन्तत: उनले बिहे सम्म गरे । ती युवकका अनुसार उनकी एक प्रेमिका थिइन् । 

      जसको ५ वर्षअघि मृत्यु भएको थियो । उनले निकै प्रेम गर्दथे प्रेमिकालाई । प्रेमिकाको मृत्युपछि सर्पसँग उनको प्रेम र लगाव यसरी बस्यो की उनले सोँचे मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकी छिन् । अनि उनले त्यहीँ सर्पसँग बिहे गरे । १० फुट लामो गोमन साँप देख्दा मानिस डर मान्छन् । तर ती युवक चाहीँ सँगै खाने, सुत्ने, घुमफिर गर्ने, खेल्ने गर्दछन् । 

      कतै पिकनिक जाँदा पनि सर्पलाई लिएर जान्छन् । उक्त सर्प धेरै विषालु जातको भए पनि ती युवकलाई कहिल्यैपनि डसेको छैन ।

      ती युवक बौद्ध धर्माबलम्बी भएको र पुनर्जन्ममा विश्वास गर्ने भएकाले सर्पलाई आफ्नी प्रेमिकाको पुनर्जन्मको रुपमा लिएको बताइएको छ । 

      एजेन्सी 

        सम्बन्धित समाचारहरु