काठमाडौं, संसारमा उल्टो घडि चल्छ या कुनै त्यस्तो ठाउँ हुन्छ भन्दा सवैलाई अनौठो त अवश्य पनि लाग्न सक्छ ।
तर हाम्रो देश नेपालको छिमेकी मुलुकको एउटा गाउँमा उल्टो घडि चल्छ अर्थात उल्टो दिशावाट समय हेर्ने गर्दछ । छत्तिसगढस्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको अन्तराष्ट्रिय सञ्चारमाधयममा समाचारका रुपमा आएका छन् । तर संसारको जुनसुकै देशमा समय हेर्ने घडि दाँयावाट वाँया तिर चल्ने गर्दछ । तर छत्तिसगडको कोरावा स्थित आदीवासी शक्तिपिठसंग जोडिएको एक स्थानमा वसोवास गर्ने गोँड आदीवासी समुदायले प्रयोग गर्ने घडी दाँयावाट वाँया तिर चल्ने गर्दछ । सो गाउँमा हालका दिनमा मात्र घडी उल्टो दिशामा चलेको होईन ।
संसारमा जुन समयदेखी घडी प्रचलनमा आएको थियो सोही समय देखी नै उक्त स्थानमा उल्टो दिशामा चल्ने घडि प्रयोग गर्दै आएको हो । सोस्थानका आदिवासी समुदायका अनुसार उनीहरुको घडी स्वभाविक भएकोे र प्रकृतिको नियमानुसार नै चल्ने जनाएको छ । उनीहरुले आफ्नो समयको प्रकारलाई गोडवाना टाइम भन्ने गर्दछ उल्टो घडी हुनुको कारण भने सो स्थानका गाउँलेहरुका अनुसार उनीहरुको घडी पृथ्वीको घुमाइ अनुसार चल्दछ ।
पृथ्वी पनि दायाँबाट बायाँ चल्ने सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरीक्षको परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएकोले आफुहरुको घडी पनि सोही अनुसारको रहेको दाबी उनीहरुको छ । त्यसैले दुनियाँका अरु सबै घडीहरु उल्टो रहेका र आफूहरुको घडीमात्र सुल्टो रहेको दाबी गाउँलेहरुले गर्ने गरेका छन् । उक्त स्थानका आदीवासी प्रकृतिप्रेमी हुन् । जहाँ प्रकृतिको चक्र जुन दिशामा चलिरहेको छ, त्यसविपरीत काम गर्नुहुँदैन भन्ने उनीहरुको मान्यता छ ।
जुन समुदायमा १० हजार भन्दा धेरै परिवार रहेका छन् ।








