मंसिर २,२०८२ / ०४ : ०१ अपरान्ह / 2025-11-18 04:01 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धार्मिक परम्परामा कुकुरको धुमधाम विवाह

      - ५ महिना अगाडि
      जेष्ठ २९,२०८२

      काठमाडौं, छिमेकी मुलुक भारतमा एक जोडी कुकुरबीच भव्य बिहेको तयारी भइरहेको छ । उत्तर प्रदेशको हमीरपुर जिल्लाको मुस्कुरा क्षेत्रमा पर्ने छानी बाँध गाउँमा आगामी जुन ११ का दिन सेवानन्द नामक भाले कुकुर र विचित्र कुमारी नामक पोथी कुकुरका बीचमा हुन लागेको बिहेको अहिले जोडतोडसँग तयारी चलिरहेको छ ।

      बिहेको लागि मण्डप तयार पारिएको छ भने बिहेअघिका संस्कार पनि सम्पन्न गरिँदैछ । बिहेको दिन बाजागाजा सहित भव्य रुपमा जन्ति निस्कने र १२ तारेखमा बेहुली विचित्र कुमारीलाई अन्माउने कार्यक्रम छ । उक्त अनौठो विवाहको आयोजना बाल योगी जूना अखाडाका साधु श्री श्री १००८ सन्तोषानन्द महाराजले गरेका हुन ्। सेवानन्द र विचित्र कुमारीको बिहेमा सयौं मानिसलाई निम्तो दिइएको छ ।

      यस्तो खालको कुकर विवाहको समाचारप्रति मानिसहरुले विभिन्न खालका प्रतिक्रिया जनाएका छन् । कतिपयले यसलाई हास्यास्पद भनेका छन् भने कतिले उक्त कार्य पशु प्रेम, पर्यावरण र जीवनप्रतिको संवेदनशीलता अभिव्यक्त गर्ने उदाहरणका रूपमा व्याख्या गरेका छन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d