मंसिर २६,२०८१ / १० : ३२ अपरान्ह / 2024-12-11 10:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा सुनौलो कछुवा भेटियो

      - ४ वर्ष अगाडि
      श्रावण ३०,२०७७

      काठमाडौँ, नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

      यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो । यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन् । नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ ।

      सर्प प्रजातिको अध्ययन गर्ने क्रममा अध्येता कमल देवकोटा, देवनारायण मण्डल सहितका टोलीले कछुवा फेला पारेको हो । उनीहरूले विश्वभर पाइने प्रजातिको अध्ययनपछि यो नयाँ कछुवा भएको ठम्याउँँदै अध्ययन पत्र तयार गरे । नेपालमा सुनौलो रङ भएको कछुवा पहिलोपल्ट अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा यही ६ अगस्ट २०२० मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको छ । नयाँ कछुवाका बारेमा देवकोटा र मण्डलसहित हेनरिच कैसरले संयुक्त रूपमा अध्ययन प्रतिवेदन तयार पारेका छन् ।

      देवकोटाले सर्पको उद्धार गर्ने क्रममा जनकपुरमा थियौँ, स्थानीयवासीले कछुवा भेटेको भन्दै उद्धार गर्न बोलाउँदा अनौठो रङको कछुवा देखेपछि थप अनुसन्धान सुरु गरेका थियौँ भने । उनका अनुसार यस जातको कछुवा कुनै सेतो, कुनै हरियो वा कालो सुनौलो रङमा पाइनेगर्छ । यी प्रजातिका कछुवालाई पुतली कछुवा, मतिहरूवा वा सेबई कछुवा भनेर स्थानीय नामले चिनिन्छ ।

      सुनौलो रङ बाहेक अन्य रङका कछुवा प्रायजसो मानिसले खाने र व्यापार गर्ने गरेकोे भेटिएको छ तर सुनौलो रङ भएकै कारण आफ्नो बासस्थानमा उच्च जोखिममा रहने देवकोटा बताउनुहुन्छ । अन्य गाढा रङका कछुवा जङ्गल, माटो र प्रकृतिसँग मिल्ने भएकाले अनुकूूलन गर्न सहज हुन्छ ।

      सन् २०१८ को अप्रिल १४ का दिन बिहान जनकपुरमा यो कछुवा पहिलोपल्ट देखिएको थियो । अप्रिल महिनायता तराईमा सर्पको बिगबिगी हुनेगर्दछ । सोही समयमा स्थानीय मिथिला वाइल्ड लाइफ ट्रस्टका संरक्षणकर्मीले उद्धार गर्न देवकोटा सहितलाई बोलाएको थियो । पूरै सुनौलो रङको कछुवाको विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने दुई वर्ष समय लागेको देवकोटाले स्पष्ट पार्नुुभयो । आईयूसीएनका अनुसार यो कछुवा सामान्य जोखिमको वर्गमा छ तर अन्तर्राष्ट्रिय व्यापार कन्भेसन्सले भने यो अवैध व्यापारको खतरामा रहेको जीवको प्रजातिमा रहेर संरक्षण प्रदान गरेको छ । निकै सुन्दर देखिने कछुवा वातावरणमा सुरक्षित हुन कठिन हुने संरक्षणकर्मी सन्तोष भट्टराई बताउँछन् । नेपालमा १७ प्रजातिका कछुवा पाइन्छन् । गेरखापत्र दैनिकबाट 

        सम्बन्धित समाचारहरु