वैशाख २०,२०८१ / ०३ : १६ पूर्वान्ह / 2024-05-02 03:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      तीन महिनाको प्रतिबन्धपछि मेस्सी अर्जेन्टिनाको टिममा फर्किए

      - ४ वर्ष अगाडि
      कार्तिक १५,२०७६

      काठमाडौं, तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् । 

      अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् । अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी टिममा राख्दै २६ सदस्सीय टिमको घोषणा गरेको छ ।

       अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि कोपा अमेरिकाले गत साउनमा मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले भ्रष्ट्राचारको आरोप लगाएका थिए । 

      मेस्सीले तेस्रो स्थानको पदक लिन समेत अस्विकार गरेका थिए । कोपामा अर्जे्न्टिना सेमिफाइनलमा ब्राजिलसँग २(० ले पराजित हुदै उपाधि होडबाट बाहिरिएको थियो । मेस्सीले सो खेलमा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाएका थिए । प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।

        सम्बन्धित समाचारहरु