मंसिर ४,२०७६ / ०६ : २० पूर्वान्ह / 2019-11-20 06:20 am

        वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजलाई

        - ३ हप्ता अगाडि
        कार्तिक ७,२०७६

        चितवन, चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधि जितेको छ ।

        आज भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो । टियु क्रिकेट मैदानमा चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो ।

        काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् । ममता थापा र ईश्वरी बिष्टले १३–१३ रन जोडिन् । काठमाडौंलाई सस्तैमा समेट्न सुमन खतिवडा र ऋतु कनोजियाले ३र३ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वा्धिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् । यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन् ।

         काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १–१ विकेट लिईन् । लिगमा चितवन अपराजित रहदै च्याम्पियन बनेको हो । लिगको चार खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको चितवनले लिग चरणको खेलमा काठमाडौंलाई ५ विकेटले हराएको थियो ।  काठमाडौंले लिगको दोस्रो स्थानमा रहदै इलिमिनेटरमा पुगेको थियो । र, इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनल पुगेको थियो । क्विन्स ईभन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा पाँच शहरका पाच टिमको सहभागिता रहेको थियो । 

          सम्बन्धित समाचारहरु