मंसिर ४,२०७६ / ०६ : २२ पूर्वान्ह / 2019-11-20 06:22 am

        यू–१८ साफ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

        - ३ हप्ता अगाडि
        असोज ५,२०७६

        काठमाडौं , जारी यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ । हलचोकस्थित एपीएफको मैदानमा हुने दुई टोलीबीचको खेल ३ बजे सुरु हुनेछ । यो खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा स्थान सुरक्षित बनाउने योजनामा छ । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । 

        भुटानसँग नेपाल पराजित भए सेमिफाइनलको यात्रामा धक्का पुग्ने भएकाले आजको खेलमा नेपाल जितको खोजिमा हुनेछ । नेपालका लागि मनिस डाँगी र ब्रिजेस चौधरी मुख्य केन्द्र बिन्दु बन्नेछन् । माल्दिभ्सविरुद्धको खेलमा मनिषले बराबरी गोल फर्काएका थिए । नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले भुटानविरुद्धको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्ने बताएका छन् । शुक्रबार भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै उनले माल्दिभ्ससँग खेल्दै मैदानको पनि केही समस्या भएको भए पनि त्यो गल्ती नदोहोरिने बताएका थिए ।

        यसअघिका दुई संस्करणमा उपाधि जितेको नेपाललाई घरेलु मैदानमा उपाधिमा ह्याट्रिक गर्ने अवसर पनि छ । प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्र सहभागि छन् ।  

          सम्बन्धित समाचारहरु