मंसिर ४,२०७६ / ०६ : २० पूर्वान्ह / 2019-11-20 06:20 am

        नेपालको अन्डर एटिन राष्ट्रिय फुटबल टिमको कप्तानी जया गुरुङले गर्ने

        - २ महिना अगाडि
        असोज १,२०७६

        काठमाडौ, नेपालको अन्डर एटिन राष्ट्रिय फुटबल टिमको कप्तानी जया गुरुङले गर्ने भएका छन् । 

        घरेलु मैदानमा हुन लागेको साफ अन्डर एटिन फुटबल प्रतियोगिता नेपालले जयाको कप्तानीमा खेल्ने भएको हो । मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले व्रिगेड ब्वाईजको कप्तान समेत रहेका जयालाई नेपाली टिमको कप्तानी दिने निर्णय गरेका हुन् । जया कप्तानको रुपमा चुनिएपछि उपकप्तानमा नितिन थापा रहने छन् । कप्तानको होडमा नितिन र जया रहेका थिए । 

        मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले अस्ति मात्रै प्रतियोगिताका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए । तेस्रो संस्करणको साफ शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा हुँदैछ ।  प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । यस्तै समूह बी मा भारत, श्रीलङ्का र बंगलादेश रहेका छन् । 

        नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेल असोज ३ गते रहेको छ । दोस्रो खेल ५ गते भुटानसँग भिड्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १२ गते रहेको छ । नेपाल तेस्रो पटक उपाधि जित्ने दाउमा हुनेछ । नेपाल अघिल्ला दुई संस्करणको विजेता हो । अनन्त तामाङको नेतृत्वमा रहेको नेपाल सन् २०१५ मा च्याम्पियन भएको थियो । 

        नेपालमै आयोजना भएको यस संस्करणको प्रतियोगिता यू–१९ टिमले खेलेको थियो । सन् २०१८ मा भएको साफमा भने यू–१८ टिम खेलाउने निर्णय भएको थियो । अर्पण कार्कीको नेतृत्वमा रहेको नेपाली टिमले भुटानमा भएको दोस्रो संस्करणको उपाधि समेत उचालेको थियो ।

          सम्बन्धित समाचारहरु