चैत ३,२०८२ / ०३ : ०० अपरान्ह / 2026-03-17 03:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एसिया कप : छनोट खेलमा नेपालको पहिलो जित

      - ७ वर्ष अगाडि
      भाद्र १६,२०७५

      काठमाडौँ, एसिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीच भएको खेलमा नेपालले मलेसियालाई । टस हारेर ब्याटिंग गरेको नेपालले मलेसिया लाई १८९ रनको लक्ष्य दिएको छ ।

      मध्यम शुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र मोहम्मद आरिफ शेखले सम्हालेका थिए । उनीहरुले छैटौ विकेटको लागि १ सय १ रनको साझेदारी गरेका थिए । 

      दीपेन्द्र ५४ रनमा आउट भए । आरिफ रनमा नटआउट रहे । ४८ बल खेलका आरिफले ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए । बसन्त रेग्मी ६ रनमा नटआउट रहे ।

      यसअघि सुवास खकुरेल ९ तथा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अनिल कुमार साह १६ तथा र कप्तान पारस खड्का १३ रनमा आउट भए ।

      मलेसियाका सर्भिन मुनियान्डी र सैजरुल इजादले समान ३ विकेट लिए । मोहम्मद अनवर रहमनले १ विकेट लिए  ।

      नेपालले दिएको १ सय ८९ रनको लक्ष्य मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि मोहम्मद अनवरले ३४ रन बनाए । सैद अजिज मुवारक ले ३४ रन बनाए । 

      अहमेद फैज नुरले २२ रन बनाए । भिरनदीपसिंह २१ रनमा आउट भए । मोहम्मद रम्लीले १३ रन बनाए । सरभिन मुनियान्डीले १० रन जोडे । नेपालका बसन्त रेग्मीले 3 विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ विकेट लिए । सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d