काठमाडौँ, एसिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीच खेल भैरहेको छ । टस हारेर ब्याटिंग गरेको नेपालले मलेसिया लाई १८९ रनको लक्ष्य दिएको छ ।
मध्यम शुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र मोहम्मद आरिफ शेखले सम्हालेका थिए । उनीहरुले छैटौ विकेटको लागि १ सय १ रनको साझेदारी गरेका थिए ।
दीपेन्द्र ५४ रनमा आउट भए । आरिफ रनमा नटआउट रहे । ४८ बल खेलका आरिफले ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए । बसन्त रेग्मी ६ रनमा नटआउट रहे ।
यसअघि सुवास खकुरेल ९ तथा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अनिल कुमार साह १६ तथा र कप्तान पारस खड्का १३ रनमा आउट भए ।








