काठमाडौं,मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपालले शनिबार घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध खेल्न लागेको हो ।
युुएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ । नेपाल र मलेसियाबीचको खेल बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ७ः१५ मा शुरु हुँदैछ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ ।








